प्रधानमन्त्री ओलीले गरे सिनेमा छायांकन इनडोर स्टुडियो निर्माण कार्य सुरु गरेको उद्घोष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सिनेमा छायांकन इनडोर स्टुडियो निर्माण कार्य सुरु गरेको उद्घोष गरेका छन् ।
प्रधानमन्त्री ओलीले आज (मंगलबार) काभ्रेपलाञ्चोकको बनेपामा निर्माण घोषणा गरेको इनडोर स्टुडियो निर्माण कार्य सुरु भएको उद्घोष गरेका हुन् ।
४२ रोपनी क्षेत्रफलमा बन्न लागेकाे इनडोर स्टुडियोको यसअघि नै ठेक्का स्वीकृत भइसकेको छ । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको बोर्डले ०८१ माघ २७ गते आर्थिक वर्ष ०८१र८२ का लागि बोलपत्र आह्वान गरेको थियो ।
स्टुडियो निर्माणको ठेक्का यू एन्ड एस–एनएस– रेग्मी जेभी माझी फेडा काभ्रे कम्पनीले पाएको बोर्डले जनाएको छ । स्टुडियो ५ करोड ३६ लाख ८६ हजार ८४४ रुपैयाँ बजेटमा बन्नेछ ।