पोलिटिकल कमेडी चलचित्र ‘तै चुप मै चुप’ निर्माण घोषणा
२० असार २०८१, बुधबार
काठमाडौं । पोलिटिकल कमेडी चलचित्र ‘तै चुप मै चुप’को निर्माण घोषणा गरिएको छ । चलचित्रका कलाकार एवम् निर्माता सन्तोष अधिकारीको जन्मोत्सवको अवसर पारेर उक्त चलचित्रको घोषणा गरिएको हो ।
सन्तोष अधिकारी फिल्म्सको व्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माण सहकार्यमा बन्ने चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गर्ने भएका छन् । चलचित्रमा स्कृप्ट मनिष गौतमको रहेको छ ।
चलचित्रको काठमाडौं र पोखरामा छायांकन हुने निर्माण पक्षले जनाएको छ ।
पोलिटिकल सस्पेन्स कथा रहेको उक्त चलचित्रमा समसामयिक राजनीतिक घटनाक्रमहरूलाई कमेडी ढंगले प्रस्तुत गरिने निर्देशक घनश्याम लामिछानेले बताए । यसअघि पनि यही टिमले चलचित्र चित्रा निर्माण र प्रदर्शन गरिसकेको छ ।
चलचित्रमा आशिष थापा मगर र प्रतिमा थापाको लगानी रहनेछ ।