उच्च अपेक्षा र विश्वासबीच ‘के घर के डेरा : घर नं २’ हलमा

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट चलचित्र ‘के घर के डेरा : घर नं २’ प्रदर्शनमा आएको छ । मल्टी स्टार सिनेमा ‘के घर के डेरा : घर नं २’ आजबाट रिलिज भएको हो ।

दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र उच्च शो र अपेक्षासहित आजबाट हलमा आएको हो । देशभरका हलमा उच्च शो पाएको सिनेमा राम्रो हाइप बनाउँलै हलमा आइपुगेको हो ।

चलचित्रको प्रिमियरमा १८० सर्वसाधारणलाई पास दिएर निर्माणपक्षले चलचित्र हेराएको थियो । यसरी सिनेमा हेर्ने दर्शकले चलचित्रको तारिफ गरेका थिए । अधिकांश दर्शकले आम नेपालीलाई ‘के घर के डेरा : घर नं २’ हेर्न आग्रह गरेका थिए ।

त्यसैले शुक्रबारको पहिलो शो बाटै सिनेमाले राम्रो वर्ड अफ माउथ पाउनेमा निर्देशक र निर्मातासहित कलाकार पनि ढुक्क छन् ।

‘के घर के डेरा : घर नं २’को कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो स्क्रिप्ट हो ।

चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।

कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।