‘मोहर’को शीर्ष गीतमा रोमान्टिक पल र नीति

काठमाडौं । नायक पल शाह र नायिका नीति शाहले चलचित्र ‘मोहर’को शीर्ष गीतको छायांकन सकेका छन् । यो गीतको छायांकन चितवन र नवलपरासीमा गरिएको छ ।

निर्माणपक्षले ५ दिन लगाएर चितवन र नवलपरासीमा गरेको गीतमा पल र नीति रोमान्टिक देखिएका छन् ।

‘चाहिदैन मोहर’ बोलको गीतमा सुरेश अधिकारीको संगीत, प्रमोद ढुंगानाको शब्द, शरद हुमागाइँ र विशाखा साहीको स्वर छ । गीतको भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

यो गीत केही हप्तापछि सार्वजनिक गर्ने तयारी यसको निर्माणपक्षको छ । गीतमा थारु कल्चरलाई समेत प्रस्तुत गरिएको छ ।

यो चलचित्र साउनको २३ गतेबाट रिलिजमा आउँदै छ । ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रका निर्माता चुम्बन जंग शाही हुन् ।

चलचित्रमा पल र नीतिको साथमा बेनिशा हमाल, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सारा शर्माको अभिनय छ ।

दिपेन बस्न्यातको छायांकन रहेको यो चलचित्रमा कुमार महर्जनको एक्सन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ ।