दीपिका पादुकोणदेखि करिना, ऐश्वर्यासम्मलाई रातारात फिल्मबाट निकालियो

काठमाडौं । फिल्म क्षेत्रमा कलाकारहरूको भूमिकाबारे अनेकौं उतारचढाव हुने गर्दछ । कहिले व्यावसायिक कारणले त कहिले व्यक्तिगत मतभेदले कलाकारहरू रातारात फिल्मबाट हटाइन्छन् । दर्शकहरूले पर्दामा देख्ने चमकपटकभित्र यस्ता अनगिन्ती नाटकीय घटनाक्रम लुकेका हुन्छन् ।
हामीले धेरै पटक यस्तो सुन्छाैं कि फिल्मको लागि कलाकारहरू फाइनल हुन्छन्, तर अचानक रातारात खबर आउँछ कि अब ती कलाकार फिल्मको हिस्सा छैनन् । जस कारण फिल्म उद्योगमा कलाकारहरूको भूमिका कहिले सुनिश्चित हुँदैन ।
हालै, अभिनेत्री दीपिका पादुकोणको बारेमा खबर आएको थियो कि उनलाई एनिमल निर्देशक सन्दीप रेड्डी वांगाको आगामी फिल्म स्पिरिटबाट हटाइएको छ ।
दीपिकालाई उनको अत्यधिक मागका कारण निकालिएको भनिएको थियो । कलाकारले विवादका कारण फिल्म छोडे भने केही कलाकारहरूलाई कुनै सूचना बिना नै फिल्मबाट हटाइयो ।
यस सूचीमा दीपिका मात्रै होइनन्, बलिउडमा यस्ता थुप्रै उदाहरण छन् जहाँ चर्चित कलाकारहरूलाई विवाद, बजेट, व्यवहार, वा अन्य कारणले फिल्मबाट हटाइएको छ ।
कार्तिक आर्यन
कार्तिक आर्यन करण जोहरको प्रोडक्सन हाउस धर्मा प्रोडक्सनको फिल्म ‘दोस्ताना २’ मा काम गर्न लागेका थिए । यसमा उनीसँगै जान्हवी कपूर मुख्य भूमिकामा थिइन् । तर एक दिन खबर आयो कि कार्तिकलाई फिल्मबाट हटाइएको छ । निर्मातासँगको मतभेदका कारण कार्तिकले फिल्म छोडेको भनिएको थियो । खैर, अब कार्तिक चाँडै नै करणको फिल्म ‘तू मेरी मै तेरा, मै तेरा तु मेरी’ मा देखिनेछन् ।
रणवीर सिंह
रणवीर सिंह आफैंले अनुराग कश्यपको फिल्म बम्बे भलिबलबाट आफूलाई हटाइएको बताएका थिए । भनिन्छ, अनुरागसँग रणवीरलाई कास्ट गर्न धेरै बजेट थिएन । त्यसपछि उनको ठाउँमा रणवीर कपूरलाई फिल्ममा राखिएको थियो ।
करिना कपुर खान
देवदास फिल्ममा पारोको भूमिकाका लागि करिना कपूर खानले स्क्रिन टेस्ट दिइन् । तर त्यसपछि उनको ठाउँमा ऐश्वर्या राय बच्चनलाई लिइयो। यसैकारण करीना संजय लीला भन्सालीसँग धेरै रिसाएकी थिइन् ।
ऐश्वर्या राय बच्चन
फिल्म ‘चलते चलते’मा शाहरुख खानको ठाउँमा ऐश्वर्या राय बच्चनलाई लिइएको थियो । अभिनेत्री आफैंले एक अन्तर्वार्तामा यसबाट आफूलाई गहिरो चोट लागेको बताएकी थिइन् ।
तापसी पन्नू
तापसी पन्नुलाई सुरुमा कार्तिक आर्यनको पाटी, पटनी और वोमा राखिएको थियो तर पछि उनको ठाउँमा भूमि पेडनेकरले लिइन् । तापसीले भनेकी थिइन् कि उनलाई फिल्मबाट किन हटाइयो भनेर पनि नभनिएको थियो ।
विजय राज
विजय राजलाई फिल्म ‘सन अफ सरदार २’ बाट हटाइएको थियो । फिल्मका निर्माताले विजयलाई उनको व्यवहारका कारण फिल्मबाट हटाइएको बताएका थिए तर विजय आफैंले अजय देवगनलाई अभिवादन नगरेका कारण उनलाई हटाइएको बताएका थिए ।