‘महाभोज’ स्थगित हुँदा ‘के घर के डेरा : घर नं २’लाई फाइदा !

काठमाडौं । प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्ने क्रममा रहेको चलचित्र ‘के घर के डेरा : घर नं २’लाई अर्को सिनेमा ‘महाभोज’को प्रदर्शन स्थगित हुँदा फाइदा पुग्ने भएको छ ।

बिहीबार नेकपा एमाले, राजावादीलगायतको काठमाडौंमा प्रदर्शन गर्ने भएपछि त्यसको कारण देखाउँदै ‘महाभोज’ स्थगित हुँदा प्रदर्शनरत सिनेमा ‘के घर के डेरा : घर नं २’लाई सहयोग पुग्ने भएको हो ।

‘महाभोज’लाई दिएको शो ‘के घर के डेरा : घर नं २’ लगायतले पाउने भएपछि ‘महाभोज’ स्थगित हुँदाको फाइदा ‘के घर के डेरा : घर नं २’लाई हुने भएको हो ।

वितरक करण श्रेष्ठका अनुसार भोलि ‘के घर के डेरा : घर नं २’का शो थपिँदैछन् । राम्रो वर्ड अफ माउथ पाएको सिनेमामा बिहीबार उच्च अकुपेन्सी हुनेमा निर्माणपक्ष ढुक्क देखिएको छ ।

सकारात्मक वर्ड अफ माउथ पाएको सिनेमालाई दर्शकले आम नोपलीको घरघरको कथा भन्दै प्रशंशा गर्दै आएका छन् ।

‘के घर के डेरा : घर नं २’ को कथा साहित्यकार बुद्धि सागरले लेखेका छन् । दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय रहेको छ ।

‘के घर के डेरा स् घर नं २’ चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।

कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको ‘के घर के डेरा स् घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।