‘मिस एन्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल–२०२५’का विजेताहरु मलेसिया र मुम्बई जाने

काठमाडौं । विवाहित र अबिवाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल २०२५ सम्पन्न भएको छ ।
आइतबार साँझ काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित फिनालेबाट चारजना विजेता छानिएको हो । जसमा अविवाहित अर्थात् मिस रोयल ग्लोबल क्विन नेपाल २०२५ तर्फ दीपा क्षेत्री विजेता बनिन् । मेरिता पोखरेल फर्स्ट रनरअप बन्न सफल भइन् ।
विवाहित अर्थात् मिसेस रोयल ग्लोबल क्विन नेपाल २०२५ तर्फ सारिका बुढा विजेता बन्न सफल भइन् । सिर्जना राई फर्स्ट रनरअप बनिन् ।
आयोजक शाह स्टुडियो एण्ड कम्पनीका अध्यक्ष मोनु शाहले चारैजना बिजेताहरुले नेपाललाई प्रतिनिधित्व गर्दै मलेसिया र मुम्बईमा हुने प्रतिस्पर्धामा सहभागीता जनाउन पाउने जानकारी दिए ।