हास्य कलाकार घनश्याम गौतमको निधन

काठमाडौं । हास्य कलाकार घनश्याम गौतमको निधन भएको छ । आन्द्राको क्यान्सरबाट पीडित गौतमको भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा गएराति १२ः१० बजे निधन भएको हो ।
‘प्रचण्ड’को शसरीर क्यारिकेचर गरेर चर्चामा आएका उनले थिएटर आर्टिस्ट पनि हुन् । गौतम गाईजात्रासँगै केही टेलिचलचित्रमा पनि सक्रिय थिए । उनको निधनमा धेरै कलाकारले दुःख व्यक्त गरेका छन् ।
कलाकार मनोज गजुरेल लेख्छन्, “ठ्रूलो संघर्ष गर्यौ घनश्याम । गम्भीर रोगले थला पर्दा पनि उत्साहित भयौ । उत्प्रेरित रह्यौ । तर, मृत्युले जित्यो, तिमी हार्यौ । रोगले थिलथिलो बनाउँदा पनि बाँच्ने रहर र प्रयास सिक्नलायक थियो । हार्दिक श्रद्दान्जली । शोकसन्तप्त परिवारमा गहिरो समवेदना ।