कश्यपमा सविन हिरो कि भिलेन ?

काठमाडाैं । एक्टर सविन श्रेष्ठ कश्यप नामक फिल्ममा अनुबन्धित भएका छन् । एक्सन हिरोको छवि बनाएका सविनलाई लिएर निर्माण हुने फिल्मको टाईटल र थिम पोष्टरमा योन्ग्री योङ म्यानको रुपमा देखिएका छन् ।

हातमा रगत तलपतिएको तरबार, लामो कपाल र दाह्रीमा आक्रोशित् देखिएका सविनको पात्र फिल्ममा हिरो कि भिलेन हो भन्नेमा अन्यौलता देखिएको छ ।

एक्सन, थ्रिलर तथा लभस्टोरी कथामा निर्माण हुने फिल्मलाई दिनेश जी खड्काले निर्देशन गर्नेछन् । निर्देशक खड्का र सविनले ग्लामर फिल्डको यात्रासँगै शुरु गरेका थिए, करिब २ दशक अघिेदखि । लामो छलफल, अनुशन्धान र तयारी पश्चात उनीहरु एकसाथ कश्यपमा काम गर्दैछन् ।

सोमबार चलचित्र बिकास बोर्डमा औपचारिक रुपमा कश्यप नाम राखेर निर्माण इजाजत लिइएको छ । अन्य कलाकार र फिल्मबारे चाँडै नै जानकारी दिइने बताइएको छ ।