चलचित्र ‘ऊनको स्वीटर’का सबै गीत करोड क्लबमा

काठमाडौं । नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले नयाँ कीर्तिमान बनाएको छ । आज (शनिबार) प्रदर्शनको ३७ औँ दिनमा चलिरहेको यस चलचित्रका सम्पूर्ण गीतहरूले युट्युबमा करोड क्लबमा स्थान बनाउन सफल भएका छन् ।
‘चाइनेजो जिन्दगानीमा’ बोलको गीतले पनि १ करोड भ्यूज कटाएसँगै यो चलचित्रका सबै गीत करोड क्लबमा प्रवेश गरेका हुन् ।
शनिबारसम्म ‘फूलहरू मुस्काउँछन्’ २ करोड १० लाख भ्युज, ‘मखमली’ १ करोड ३० लाख भ्युज, ‘काफ्ले’ १ करोड ३० लाख भ्युज र ‘चाइनेजो जिन्दगानीमा’ले १ करोड भ्युज प्राप्त गरेका छन् ।
‘ऊनको स्वीटर’ २०८२ सालको पहिलो सुपरहिट चलचित्र बनेको छ । चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतका कलाकारको अभिनय छ । नवीन चौहानले निर्देशन गरेका छन् ।