निश्चल र अर्जुनकुमारबीच हुँदै रोमाञ्चक भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौं । यो वर्षको दसैँमा पनि चलचित्रको रोमाञ्चक भिडन्त हुने भएको छ । नाम चलेकै निर्माताका चलचित्र आपसमा भिड्ने भएका छन् ।
दसैँको घटस्थापनाको दिन दुईवटा चलचित्र रिलिज हुने भएका छन् । ‘सानो संसार’ र ‘बेहुली फ्रम मेघौली’ एकै दिन रिलिन हुन लागेका हुन् ।
दसैँको पूर्वसन्ध्या पारेर यी दुई चलचित्र असोज १७ गते रिलिज हुन लागेका हुन् । ‘सानो संसार’ निर्माता अर्जुनकुमारले निर्माण गर्न लागेको चलचित्र हो । उनी लामो समयदेखि चलचित्र निर्माण गर्दै आएका निर्माता हुन् ।
‘बेहुली फ्रम मेघौली’ स्वस्तिमा खड्का र निश्चल बस्नेतले लगानी गरेको चलचित्र हो । उनीहरूले पहिलोपटक चलचित्रमा लगानी गरेका हुन् ।
‘बेहुली फ्रम मेघौली’मा स्वस्तिमा र निश्चल नै मुख्य भूमिकामा छन् । यसर्थ यो चलचित्रमा स्टारकाष्ट छ ।
‘सानो संसार’मा भने अधिकांश नयाँ अनुहार हुनेछन् । यसमा स्टारकाष्ट हुने छैनन् ।
तर, यी दुवै चलचित्रको एउटै समानता के हो भने निर्देशक नयाँ छन् । दुवै चलचित्रका यी सिनेमा डेब्यु निर्देशन हुनेछन् । निर्देशकको नाम नभए पनि ‘बिहे फ्रम मेघौली’मा इनिसियलद ब्यापारका लागि देखाउन निश्चल र स्वस्तिमाको अनुहार हुनेछ ।
तर, यो सुविधा ‘सानो संसार’लाई हुनेछैन । यसमा चिनिएको निर्माता मात्रै हुनेछन् । अर्जुनकुमार लामो समयदेखि सिनेमा बनाउँदै आएका निर्माता हुन् ।
‘सानो संसार’मा सिद्धार्थ पुडासैनीको निर्देशन रहनेछ । चलचित्रमा सीतादेवी तिमिल्सिना, राज पंगेनी अनु दाहाल, अन्जसा रिजाल र शिशिर सिवाकोटीको मुख्य भूमिका रहनेछ ।
कलाकारहरु निश्चल बस्नेत, स्वस्तिमा खड्का, विजय बराल, लोकेन्द्र लेखकलाई पनि देख्न सकिन्छ ।
‘बेहुली फ्रम मेघौली’लाई साजन काफ्ले र आकाश बरालले निर्देशक गर्दैछन् । सिनेमामा लेखन पनि उनीहरुकै हुनेछ ।
एकै मितिमा चलचित्र रिलिज हुनु भने नौलो होइन । बिदाको अवसर पारेर चलचित्र एकै दिन रिलिज हुँदै आएका छन् । ठूला ब्यानरका चलचित्र पनि एकै दिन रिलिज हुँदै आएका छन् ।
केही समय अगाडि मात्रै पनि अनमोल केसी र प्रदीप खड्काका चलचित्र एकै दिन रिलिज हुँदै आएका छन् । पहिलो दुई दिन सिनेमाको हाइप र स्टारडमले ताने पनि त्यसपछि भने कन्टेनले नै चलचित्र चल्ने अथवा नचल्ने निर्धारण हुन्छ ।