फिल्म ‘जहाजैमा’काे मुख्य भूमिकामा जापानीज नायिका रजेल पक्का

काठमाडाैं । निर्देशक कृषा चौलागाइकाे नयाँ फिल्म ‘जहाजैमा’काे मुख्य नायिकाको नाम सार्वजनिक गरेको छ । यो फिल्ममा जापानीज नायिका रजेल इचिमियाले काम गर्ने पक्का भएको हो ।

सार्वजनिक पोष्टरमा सफा हिउँले भरिएको दृश्य, पारदर्शी छातामुनी उभिएकी रजेललाई देख्न सकिन्छ । निर्देशक चौलागाँइले यसपटक फिल्ममा जापानकी नायिकालाई नेपाली कथामा मिसाउनु चुनौतीपुर्ण भएपनि रोचक हुने बताइन् ।

यो फिल्मलाई यूएनए प्रोडक्सनको व्यानरमा उज्ज्वल गुरागाँइले निर्माण गर्दैछन् । फिल्मले नेपाल–जापानको सम्बन्ध, प्रेम, सपना र संघर्षको कथा भन्ने उज्ज्वलको भनाई छ ।

फिल्ममा जापानीज नायिका हुने पक्का भएपनि नायक कुन देशका हुनेछन् भन्ने खुलाइएको छैन । निर्देशक चौलागाइले हाल नायक फाइनल गर्ने प्रक्रियामा नै आफूहरु रहेको बताइन् ।