दिपेनले ल्याए ‘ठिकै छ मेरी प्रिय’

काठमाडौं । गायक दिपेन श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘ठिकै छ मेरी प्रिय’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । ड्रागन मोसन पिक्चरको प्रस्तुति रहेको गीत शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।
अनुजा बरालको निर्देशनमा तयार पारिएको भिडियोलाई प्रेम, पीडा र द्वन्द्वको कथाले भरिएको छ । भिडियोमा गुरु वसिष्ठ, प्रेम परियार र श्रितिका श्रेष्ठले अभिनय गरेका छन् ।
शेखर थापाको शब्द र दिवेश राईको संगीत रहेको गीतमा स्वर गुरु वसिष्ठको रहेको छ । निर्माण टिमले भिडियोले दर्शक र श्रोताको मन जित्नेमा विश्वास व्यक्त गरेको छ ।
भिडियोको दृश्य प्रविधि (VFX) सत्यम रानाले, रंग संयोजन राजेन्द्र मोक्तानले, छायांकन सारथी थापाले र सम्पादन सर्वेश शाहले गरेका छन् ।