‘माग्ने राजा’को पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा

काठमाडौं । केदार घिमिरे ‘माग्ने बुढा’ केन्द्रिय भूमिकामा रहेको चलचित्र ‘माग्ने राजा’ को सार्वजनिक गरिएको छ ।

निर्मााणपक्षले शुक्रवार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरसँगै आगामी भदौ ६ गते रिलिज हुने जानकारी समेत गराइएको छ । यसअघि हरितालिका तीजमा प्रदर्शनमा आउने बताइएको थियो । यहि मितिमा अर्को चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ पनि प्रदर्शन हुने छ ।

सार्वजनिक दुईवटा पोस्टर मध्ये एउटा पोस्टरमा केदार मात्रै छन् । अर्कोमा केदारसँगै वर्षा शिवाकोटी र विल्सनविक्रम राई फिचर्ड छन् ।

ऋषि लामिछानेको निर्देशनमा तयार हुने चलचित्रमा केदारसहित आर्यन सिग्देल, वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्गदेल, शारदा गिरी, पुष्कर गुरुङ, मिस पबी लगायतको अभिनय रहेको छ ।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई मुनाल घिमिरेले निर्माण गरेका हुन् ।

सामीप्यराज तिमल्सेनाको पटकथा लेखन रहेको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन छ ।

यो चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्दैछ ।