karsang
Close Me

हाउसफूल हुँदा दर्शकले हेर्न पाएनन् ‘पूर्ण बहादुरको सारङ्गी’, बिहान ४ः४५ देखि राति ११ः४५ बजेसम्मको शो

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को क्रेज थप बढ्दै गएको छ । दोस्रो हप्तामा प्रवेश गरिसकेको चलचित्र हेर्न अझै पनि दर्शकले सहजै पाएका छैनन् ।

कूल शोको तीन चौथाइभन्दा धेरै शो पाउँदा पनि दर्शकले चलचित्र हेर्न पाएका छैनन् । दर्शकले चलचित्र हेर्न नपाएपछि बिहान ४ः४५ देखि राति ११ः४५ बजेको शो समेत हलले लगाएका छन् । तर यी शो पनि हाउसफूल भएका छन् । जसका कारण दर्शकले चोहको समय र हलमा ‘पूर्ण बहादुरको सारङ्गी’ हेर्न पाएका छैनन् ।

कात्तिक १५ गते रिलिज भएको चलचित्र अहिले देशभर हाउसफूल अकुपेन्सीमा चलिरहेको छ । हालसम्मकै धेरै शो पाउने चलचित्रको रेकर्ड बनाएको ‘पूर्ण बहादुरको सारङ्गी’ले पछि रिलिज हुने चलचित्रको शोमा प्रभाव पार्ने वितरकहरुले अनुमान गरेका छन् ।

‘पूर्ण बहादुरको सारङ्गी’ले शनिबार देशभर करिब ४५० शोज पाएको छ । यस्तै, यो चलचित्रले सबैभन्दा धेरै शो पाउने कायम गरेको छ भने आज एक दिनमा सबैभन्दा बढी कमाइ गर्ने रेकड देखिन्छ । ‘पूर्ण बहादुरको सारङ्गी’ एकै दिनमा सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने चलचित्र बन्ने सम्भावना रहेको छ । आज यो सिनेमाले तीन करोडभन्दा माथि कलेक्सन गर्ने अनुमान गरिएको छ । यसअघि ‘भष्मे डन’ले पहिलो दिन दुई करोड २५ लाख कलेक्सन गरेको थिथो । जुन अहिलेसम्म एक दिनमा भएको ग्रसकलेक्सनको रेकर्ड हो ।

बिहान सबेरैदेखि मध्यरातसम्म शो पाउँदा नयाँ रेकर्ड बन्न लागेको हो । सम्मभवत बिहान ४ बजेदेखि राति १२ बजेसम्मको शो पाउने पनि यो नै पहिलो सिनेमा हो । साथै, एकैदिनमा सबैभन्दा बढी दर्शकले हेर्ने सिनेमा र दोस्रो सातामा सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने रेकर्ड यो चलचित्रको नाममा हुने छ ।

‘मिसिङ : केटी हराएको सूचना’को रिलिज डेट सरिसकेको छ । कात्तिक ३० गते रिलिज हुने भनिएको यो चलचित्र अब यो मितिमा नआउने भएको छ ।

हाल प्रदर्शनरत ‘पूर्ण बहादुरको सारङ्गी’ले आक्रामक व्यापार गरिरहेको छ ।

यस्तै, निर्माताले बिहीबार यो सिनेमाको पहिलो साताको कमाइ सार्वजनिक गरेका छन् । सिनेमाले सात दिनमा ८ करोड २५ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको छ ।

सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।