‘माइतीघर’को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं । मिलन तामाङको निर्देशन र रोहित अधिकारीको निर्माणमा तयार भइरहेको चलचित्र ‘माइतीघर’को अस्ट्रेलिया राइट्स महँगो रकममा बिक्री भएको छ ।

आगामी दशैंको फूलपातिबाट विश्वभर एकसाथ प्रदर्शनमा आउने यो चलचित्रको फर्स्टलुक अहिलेसम्म रिलिज गरिएको छैन । तर, यो चलचित्रको फर्स्टलुक पोस्टर रिलिज भएको छैन ।

अस्ट्रेलिया राइट्स महँगो रकममा बिक्री भएसँगै लगानीको ठूलो हिस्सा सुरक्षित भएको निर्माणपक्षले जनाएको छ । यो फिल्मको अस्ट्रेलिया रिलिज अधिकार हिमारो इन्टरटेन्मेन्टका लागि प्रमेज धामी र प्रकाश गैरेले खरिद गरेका हुन् ।

सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ । कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् ।

चलचित्रमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपूत, उपासना सिंह ठकुरी, श्यामश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देललगायत कलाकारहरुको अभिनय छ ।