नेपाली चलचित्रबिहीन नेपाली सिनेमा हल, दर्शकले पाउँदैनन् नेपाली चलचित्र हेर्न

काठमाडौं । अहिले कुनै पनि नेपाली दर्शकले चलचित्र हेर्न चाह्यो भने पाउँछ । चलचित्र त हेर्न पाउँछन्, तर नेपाली होइन अरु नै ।
अहिले हलमा नेपाली चलचित्र छैनन् । हलमा बलिउडदेखि हलिउडसम्मका सिनेमा छन् । कुन सिनेमा हेर्न हो, रोजी छाडी हेर्न पाइन्छ । एउटा मन नलागे अर्को, हिन्दी हेर्न मन नलागे अंग्रेजी । अग्रेजी हेर्न मन नलागे हिन्दी । तर, नेपाली चलचित्र भने एउटै पनि छैनन् ।
सातवटा सिनेमा हलमा हुँदा एउटा पनि नेपाली चलचित्र छैनन् । यो आज मात्रै होइन हलमा नेपाली सिनेमा नभएको थुप्रै भइसक्यो । पछिल्लो समयसम्म ‘ऊनको स्वीटर थियो । त्यो पनि उत्रिएपछि हल नेपाली चलचित्रबिहीन भएका छन् ।
कसैलाई चलचित्र हेर्न मन लाग्यो भने उसका लागि अंग्रेजी र हिन्दी हेर्नुको विकल्प छैन । यस्तो अहिले मात्रै होइन बेलाबेलामा भइरहन्छ ।
अहिले भने वर्षाको अथवा पानी पर्ने मौसम भएकाले निर्माता आफ्नो चलचित्र लगाउन डराएका हुन् । दर्शकले पानीमा भिज्दै चलचित्र हेर्न जाँदैनन् भन्ने डरले निर्माताले आफ्ना चलचित्र नलगाएका हुन् ।
हरेक असार साउनमा करिब यस्तै हुन्छ । तर भदौ लागेपछि भने सिनेमा रिलिजको बाढी नै लाग्छ । एकै दिन दुई/तीनवटा चलचित्र रिलिज हुन्छन् ।
नेपाली निर्माता वर्षात्को समयमा चलचित्र रिलिज गर्दा दर्शकले हलमा गएर हेर्दैनन् भनेर चलचित्र रिलिज नगरी बस्दा इन्डियाका सिनेमा भने आइरहेका छन् । इन्डियामा पनि ठूलो लगानी र ठूलो बजेटका चलचित्र रिलिज भइरहन्छन् ।
अहिले पनि ‘सैयारा’ले यही वर्षात्कै मौसममा अथाह ब्यापार गरिरहेको छ । नयाँनयाँ रकेर्ड बनाउँदै अगाडि बढिरहेको छ ।
भदौ लागेपछि भने रिलिज हुने नेपाली चलचित्रको संख्या ठूलो छ । भदौपछि लगातार चलचित्र एकपछि अर्को रिलिज हुँदा दर्शकलाई कुन हेर्ने कुन नहेर्ने भन्ने हुनेछ । अप्सन धेरै हुँदा चाहेर पनि कतिपय चलचित्र हेर्न नपाउने अवस्था छ ।