अस्ट्रेलियामा राजेश हमाललाई ‘स्टारलिंक चलचित्र सम्मान’

काठमाडौं । अस्ट्रेलियाको राजधानी क्यानवेरामा राजेश हमाललाई “स्टारलिंक चलचित्र सम्मान” प्रदान गरिएको छ । नेपाली चलचित्र क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै अभिनय, व्यक्तित्व, शिष्टाचार र समाजसेवामार्फत नेपाली समाजलाई प्रेरित गर्दै आएको भन्दै सो सम्मान प्रदान गरिएको हो ।

संस्थाले सम्मान पत्रमार्फत राजेश हमाललाई नेपाली सिनेमाका सबैभन्दा चम्किला तारामध्ये एकका रूपमा व्याख्या गर्दै उनले ‘महानायक’ उपाधि मात्र नभई सम्पूर्ण सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन गरेको योगदानलाई विशेषरुपमा उल्लेख गरेको छ।