‘झरिपछिको इन्द्रेणी’को ‘फसायो लमीले’ बोलको गीत रिलिज

काठमाडौं । चलचित्र ‘झरिपछिको इन्द्रेणी’को ‘फसायो लमीले’ बोलको गीत रिलिज भएको छ । समीक्षा अधिकारी र वसन्त थापाको युगल स्वर रहेको गीतको शब्द, सङ्गीत संयोजन रमेश परियारले गरेका छन् ।

अर्जुन घिमिरे पाँडे निर्देशित सिनेमाको गीतमा रमेश उप्रेती, दिपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामासहितका कलाकार रहेका छन् ।

अधिकारी र लामाको गीतमा अतिथि भूमिकामा छन् । चलचित्रको आफ्नो पहिलो गीत काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको यूट्युबबाट रिलिज गरेको छ ।

मौसम हिमालीको नृत्य निर्देशन रहेको सिनेमाको छायांकार बुद्ध थापा हुन् । अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का,राम कार्की र सुबास शर्मा को सह–निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेको फिल्मलाई नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको हो ।

गणेश उप्रेतीसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईलगायतको अभिनय रहेको छ ।

यो चलचित्रबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन् । बाल कलाकारमा दिप्सन चिलवालको पनि अभिनय रहको छ ।

चलचित्रमा निर्देशक घिमिरेको कथा पटकथा र संवाद छ । गणेश कार्की, विशाल घिमिरेले पनि पटकथामा अर्जुनलाई सहयोग गरेका छन् ।

सिनेमा ‘झरिपछिको इन्द्रेणी’ पुस ४ मा रिलिज हुने भएको छ ।