करौडौं लगानी गरेका सिनेमाको कारोबार हजारमा, त्यसै भनिएको हो र चलचित्रलाई जुवा ?
काठमाडौं । चलचित्रलाई धेरैले भन्छन्, जुवाको बिजनेस । डुबे सर्वोस्व जाने, आए अथाह कमाई हुने । करोडौं लगानी गरेर बनाएको सिनेमाले कमाए करोडौैं नाफा गर्छ, डुबे निर्माताको हातमा एक रुपैयाँ पनि पर्दैन ।
यो तथ्यलाई गएको हप्ता रिलिज भएका चलचित्रले पनि पुष्टि गरेका छन् । गएको शुक्रबार तीनवटा सिनेमा रिलिज भएका थिए । ‘पीआर’, ‘चिराग’ र ‘लोकन्ती’ । यी चलचित्रको ठ्याक्कै लगानी कति हो त्यो त निर्मातालाई नै थाहा होला । तर, कम्तीमा पनि एक करोडभन्दा कममा आजकाल चलचित्र बन्दैनन् ।
एक करोडभन्दा कममा चलचित्र बन्दैनन् । तर, डुब्न लागे पनि कसरी डुब्छन्, चलचित्र ? मंसिर २६ गतेबाट प्रदर्शनमा आएका चलचित्रको कमाई हेरे पुग्छ ।
‘चिराग’ले ९ दिनमा ६८ हजार ४५० रुपैयाँ ग्रसकलेक्सन गरेको छ । ३३० जना दर्शकले हेर्दा यसले ६८ हजार ४५० रुपैयाँ ग्रसकलेक्सन गरेको हो ।
‘लोकन्ती’ले ९ दिनमा चार लाख एक जहार ३४० रुपैयाँ ग्रसकलेक्सन रहेको छ । एक हजार ३५७ दर्शकले हेर्दा यो चलचित्र चार लाखमा सीमित भएको हो ।
मंसिर २६ गते नै रिलिजमा आएको ‘पीआर’ल ६ लाख ६८ हजार ६३३ रुपैया ग्रकसलेक्सन गरेको छ । दुई हजार १०९ जना दर्शकले हेर्दा ६ लाख ६८ हजार बक्सअफिस कलेक्सन भएको हो ।
यी चलचित्रको यो कलेक्सनको सेयर निर्माताको हातमा पुग्दैन । उल्टै अब निर्माताले वितकरलाई खल्तीबाट पैसा तिर्नुपर्नेछ ।
चलचित्र निर्माण र पब्लिसिटीको पैसा त डुब्यो नै हलमा नचलेपछि अब वितरकलाई फेरि खल्तीबाट निकालेर तिर्नुपर्ने हुन्छ । त्यसैले भनिएको हो सिनेमाको व्यापार जुवा हो भनेर ।
आए अनपेक्षित आउँछ । यसको उदाहरण ‘परान’लाई हेरे हुन्छ । यसले करिब १८ करोड रुपैयाँ कलेक्सन गरिसकेको छ । हलमा आएर पनि नचलेका चलचित्र उत्रिँदा निर्माताले अझै पैसा तिर्नुपर्नेछ ।
अब जुवा हो भनेर भाग्यकै भरोसामा छोडिदिने हो भने त ‘पीआर’, ‘चिराग’ र ‘लोकन्ती’को नियती नै हो भोग्ने । तर, जुवामा पनि दाउ कसरी लगाउने भनेर सोच विचार गरेर चलचित्र बनाउने हो भने ‘परान’कै सफलता पनि हात पार्न सकिन्छ । किन भने ‘पीआर’, ‘चिराग’ र ‘लोकन्ती’ जस्तै ‘परान’मा पनि नेपाली कलाकार नै छन् । नेपाली प्राविधिकले नै बनाएको सिनेमा हो । अनि रिलिज पनि ‘परान’ चलेकै हलमा भएको हो । दर्शक पनि तिनै हुन्, जसले ‘परान’ हेरे ।
यसबाट जुवा त खेल्ने तर दाउ लाग्नु अगाडि नै खुट्टा तान्ने कि दाउ कसरी लगाउने भनेर पर्याप्त मेहनत गरेर दर्शकको मन जित्ने अधिकतम प्रयास गर्ने, यसमा ध्यान दिने भन्ने कुरा सिक्नुपर्नेछ ।
होइन भने त उही ‘पीआर’, ‘चिराग’ र ‘लोकन्ती’ कै नियति हो । कमाउँछ कि भनेर बनाएको सिनेमा रिलिज भएपछि फेरि ऋणधन गरेर पैसा बुझाउनबाट कसैले चाहेर पनि रोक्न सक्दैन ।



