दर्शकसम्म पुग्न अभिनेता कुशवाहाको अनौठो गतिविधि

काठमाडौं । नेपाली चलचित्र ‘डोरी’ यही शुक्रबारदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा, चलचित्रका अभिनेता वीरेन्द्र सिंह कुशवाहा अनौठो भेषमा काठमाडौंका विभिन्न स्थानमा देखा परेका छन् ।
घाँटीमा डोरीको माला लगाई, रातो सारीमा रिसाएको अनुहारसहित बजार डुलिरहेका कुशवाहालाई सर्वसाधारणले देख्दा अचम्म मानेका छन् ।
निर्देशक अरुण लामाले चलचित्रको कथावस्तु अनुसार चलचित्रको प्रचार दर्शकसम्म पुर्याउनका लागि यस्तो विधि अपनाइएको बताए । यसअघि सार्वजनिक ट्रेलरमा वीरेन्द्रलाई यही गेटअपमा देखाइएको छ । जसबाट चलचित्र निकै रोचक रहेको लख काट्न सकिन्छ ।
‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । चलचित्रमा अरुण आफैँले प्रमुख भूमिका निभाएका छन् भने प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मी, लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् ।