‘बलिदान’को प्रि–टिजर युट्युब ट्रेन्डिङको एक नम्बरमा

काठमाडौं । फूलपातीमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बलिदान’को प्रि–टिजर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा आइपुगेको छ ।
समीर भट्टको जन्मदिनको अवसर पारेर बुधबार सार्वजनिक गरिएको प्रि–टिजरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
नेपालीहरूको बाक्लो बसोबास रहेका यूएई, कुवेत, कतार, अस्ट्रेलिया, मलेसिया, जापान, र दक्षिण कोरिया लगायतका मुलुकमा पनि प्रि–टिजर ट्रेन्डिङमा रहेको छ ।
निर्देशक सन्तोष सेनका अनुसार, ‘बलिदान’ समीर भट्टको बहु आयामिक क्षमताको उत्कृष्ट प्रदर्शन हो । आसुसेन फिल्म्स् प्रा।लि। को प्रस्तुति रहेको चलचित्रमा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय रहेको छ। पवन ब्राडफोर्ड बिस्ट निर्माता तथा प्रेम पुरी कार्यकारी निर्माता रहेका छन् ।