जेठमा हलमा जान दर्शकले गरे अल्छी, जम्मा एक लाख दर्शकले गरे हल भिजिट

काठमाडौं । नेपाली चलचित्र हेर्न दर्शकले जेठ महिनामा खासै चासो नदेखाएको पाइएको छ । जेठमा निकै न्यून संख्यामा दर्शक हल गएका छन् ।
जेठ महिनामा रिलिज भएका नेपाली चलचित्र हेर्न जम्मा एक लाख दर्शक हल पुगेका छन् ।
सबैभन्दा धेरै दर्शकले चलचित्र ‘नरसिंहा अवतार’ हेरेका छन् । यो चलचित्र ६३ हजार ५७ दर्शकले हेरेका छन् ।
‘जन्ते बाख्रो’ १० हजार ५१०, ‘महाभोज’ ९ हजार ३४७, ‘के घर के डेरा : घर नं. २’ १७ हजार ६६ र ‘हेल्लो काँशिराम’ १०४ जना दर्शकले हेरेका बक्सअफिस स्रोतले बताएको छ । यी पाँचवटा चलचित्र हेर्न एक लाख ८४ जना दर्शक हल गएको पाइएको छ ।
यी बाहेक यसअघि नै रहेका चलचित्र पनि जेठमा प्रदर्शनरत भने छन् । जेठ अघि रिलिज भएका चलचित्र हेर्न हल गएका दर्शकलाई भने यो तथ्यांकमा समेटिएको छैन ।
हिन्दी र अंग्रेजी चलचित्र हेर्न गएका दर्शक पनि यो तथ्यांकमा छैनन् ।
‘नरसिंहा अवतार’लाई दिवाकर भट्टराईले, ‘महाभोज’लाई दिनेश राउतले, ‘हेल्लो काँशिराम’लाई रिम विश्वकर्माले, ‘जन्ते बाख्रो’लाई सिमोश सुनुवारले र ‘के घर के डेरा : घर नं २’लाई दीपेन्द्र के खनालले निर्देशन गरेका छन् ।