डाइलग कोच राख्ने पहिलो नेपाली चलचित्र कुन हो ?

काठमाडौं । नेपाली चलचित्र उद्यागको इतिहास लामै भइसकेको छ । करिब ६ दशक नेपाली चलचित्र उद्योगले बिताइसकेको छ ।

६ दशकको अनुभव नेपाली चलचित्र उद्योगले हासिल गरिसके पनि धेरै प्रयोग गर्न र फड्को मार्न भने बाँकी छ । नेपाली चलचित्रमा अझै पनि धेरै काम टालटुले तरिकाले हुन्छ । जसका कारण विश्व सिनेमाको बजारमा नेपाली चलचित्र पुग्न सकेका छैनन् ।

अभाव र अनुभवको कमीका कारण बन्ने चलचित्रले विश्वका ठूला उद्योगका सिनेमासँग प्रतिस्पर्धा गर्न पनि सक्दैनन् । जुन नेपाली चलचित्रले पनि भोग्दै आएका छन् ।

यस्तै एउटा अभावमा नेपाली चलचित्रले गर्दै आएको काम हो, डाइलग । सिनेमामा साउन्डको भूमिका ६० देखि ७० प्रतिशतसम्म हुन्छ । यसैभित्र डाइलग पनि पर्छ ।

तर, यही डाइलगमा नेपाली चलचित्रले खासै धेरै काम गरेको पाइँदैन । यसको उदाहरण डाइलग कोचबिनै नेपाली चलचित्रले काम गरिरहेका छन् ।

विश्वका ठूला र व्यवस्थित सिनेमा उद्योगमा डाइलग कोच हुन्छन् । जसको काम डाइलग कसरी बोल्ने भनेर कोच गर्नु हो ।

चलचित्रको कुन पात्रले कुन डाइलग कसरी बोल्ने, कसरी बोल्दा डाइलग प्रभावकारी हुन्छ त्यही अनुसार डाइलग कोचले कलाकारलाई सिकाउँछ र डाइलगको डेलिभरीको निर्देशन गर्छन् ।

नेपालमा यो प्रयोग पहिलोपटक चलचित्र ‘गाउँ आएको बाटो’मा गरिएको यसका निर्देशक नवीन सुब्बाले दाबी गरेका छन् । उनलाई विश्वास गर्ने हो भने यो सिनेमामा डाइलग कोच थिए । जसले कलाकारलाई डाइलग कोच गरेका थिए । सिनेमाको क्रेडिटलाइनमा तारामणि राईको नाम डाइलग कोचका रूपमा छ । उनले कलाकारलाई डाइलग कोच गरेका थिए ।

यो चलचित्र २०८१ जेठ २५ गते रिलिज भएको थियो ।

‘गाउँ आएको बाटो’मा दयाहाङ राई, पशुपति राई र प्रशन राई मुख्य भूमिकामा थिए ।

महेश राईले कथा लेखेका थिए । स्क्रिनप्ले महेश र नवीन सुब्बाको थियो । यो सिनेमाले औसत प्रतिक्रिया पाएको थियो । व्यापार पनि औसत गरेको थियो ।