‘लालीबजार’देखि ‘कुम्भ’सम्म, कुनको कति पुग्यो कमाइ ?

काठमाडौं । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली चलचित्रहरूको बक्स अफिस विवरण सार्वजनिक गरेको छ ।

बोर्डले गत आइतबार रातिसम्मको ६ वटा नेपाली चलचित्रको बक्स अफिस विवरण सोमबार सार्वजनिक गरेको हो । विवरणअनुसार वैशाख २५ गते रिलिज ‘लालीबजार’ को कमाइ ९ करोड रूपैयाँ नाघेको छ । फिल्मले ९ करोड १६ लाख ६५५ रूपैयाँ ग्रस कमाइ गरेको हो । उक्त कमाइ हुँदा फिल्मको ३ लाख ११ हजार ४०३ वटा टिकट बिक्री भएको विवरणमा उल्लेख छ ।

जेठ १५ गते रिलिज ‘रोल नं. १’ को कमाइ १ करोड ३५ लाख १५ हजार ९९३ पुगेको छ । यो फिल्मले ४७ हजार १५१ टिकट बिक्री गरेको छ ।

यस्तै, जेठ ८ गते रिलिज ‘मितज्यू’ ले ४६ हजार १५४ टिकट बिक्री गर्दै १ करोड ३२ लाख ५३ हजार ३४२ रूपैयाँ कमाएको छ।

जेठ ८ गते नै प्रदर्शनमा आएको ‘काजी’ ले हालसम्म १४ हजार ३२४ टिकट बिक्री गर्दै ४४ लाख ४६ हजार ६० रूपैयाँ आम्दानी गरेको छ ।

त्यसैगरी जेठ १ गते रिलिज ‘लाइफ ड्यामेज’ ले ३४ लाख ६६ हजार २९० रूपैयाँ ग्रस कमाएको छ । ११ हजार ३७१ टिकट बिक्री गर्दै चलचित्रले उक्त कमाइ गरेको हो ।

अर्को चलचित्र ‘कुम्भ’ ले ३ लाख ९१ हजार १० रूपैयाँ मात्र ग्रस कमाएको छ । १ हजार ६७९ टिकट बिक्री गर्दै चलचित्रले उक्त कमाइ गरेको हो ।
यो कमाइ यस वर्ष अहिलेसम्म रिलिज चलचित्रमध्ये सबैभन्दा कम व्यापार हो । यो फिल्म जेठ १५ गते रिलिज भएको थियो ।