अशोक दर्जीले कुटाई खाएको भिडियो भाइरल

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा गायक अशोक दर्जीले कुटाइ खाइरहेको एउटा भिडियो निकै भाइरल भइरहेको छ ।

जहाँ केही युवाहरूको समूहले गायक अशोक दर्जीलाई घेरेर कुटपिट गरिरहेका देखिन्छन् ।

भिडियोमा एक युवकले आक्रोशित हुँदै अशोकलाई घेरेर निकै आक्रामक शैलीमा “पैसा कहिले दिने?” भन्दै प्रश्न गरिरहेको सुनिन्छ। संवादमा ती युवकले अझ आक्रोशित हुँदै “तँ गायककार मान्छे भएर अर्काको पैसा लुटेर हिँड्ने?” भन्दै पटक-पटक गालामा थप्पड हानेको देखिन्छ ।

भिडियोमा सेतो लुगा लगाएका अशोक निकै डराएको र असहाय मुद्रामा आफ्नो अनुहार छोपेर बसिरहेका देखिन्छन् ।

फेसबुकमा लाखौँ पटक हेरिएको ती भिडियोलाई लिएर धेरै दर्शकहरूले चिन्ता व्यक्त गर्दै “अशोकलाई कसले कुट्यो?” भन्दै प्रश्न गरिरहेका छन् ।

विशेषगरी टिकटक र फेसबुक रिल्सहरूमा धेरै भ्यूज र इन्गेजमेन्ट पाउने लोभमा कतिपय प्रयोगकर्ताहरूले “अशोक दर्जीको बिचल्ली”, “कसले कुट्यो अशोकलाई?” जस्ता क्याप्सन राखेर भिडियो अपलाेड र सेयर गरिरहेका छन् ।

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि कतिपयले यो फिल्मको प्रचार गर्ने एउटा शैली (पब्लिसिटी स्टन्ट) समेत हुन सक्ने अनुमान गरेका छन् । अशोकका शुभचिन्तकहरूले भने यस्ता भिडियोले नकारात्मक सन्देश जाने भन्दै सत्य कुरा बुझ्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा व्यापक आलोचना भए पनि यो घटना कहिलेको हो र कुटपिट गर्ने व्यक्ति को हुन् भन्नेबारे आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन । अशोक दर्जीको पक्षले यस विषयमा हालसम्म कुनै औपचारिक धारणा सार्वजनिक गरेका छैनन् ।

भिडियो भाइरल भएपछि अशोकका शुभचिन्तकहरूले चिन्ता व्यक्त गरेका छन् भने कतिपयले उनलाई कुट्ने युवाहरूमाथि कारबाहीको माग समेत गरिरहेका छन् ।

विगत तीन–चार महिनादेखी अशोक आफ्नो परिवारसँग बस्दै आएका र झापामा पढाइ सुरु गरेका टंक बुढाथोकीले केही समयअघि जानकारी गारएका थिए ।

दर्जीले टंक बुढाथोकीले निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘मन विनाको धन’ बाट कलाकारको रुपमा डेब्यु समेत गरेका थिए ।