‘गौँथली’ले औसतमा दैनिक कति कलेक्सन गरिरहेको छ ?
काठमाडौं । चलचित्र ‘गौँथली’ले घरेलु बक्सअफिसमा ७ करोड ४२ लाख ७३ हजार ८ सय ५९ रुपैयाँ १४ पैसा ग्रसकलेक्सन गरेको छ । बक्सअफिस रिपोर्ट अनुसार यो १० दिनको ग्रसकलेक्सन हो ।
साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले घरेलु बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको हो । यो चलचित्रले देशभरका हलहरूबाट कुल २ लाख ६० हजार २५४ वटा टिकट बिक्री भएको छ ।
‘गौँथली’ले १० दिनमा साढे ७ करोड रुपैयाँ कसेक्सन गर्दा दैनिक औसतमा कति कलेक्सन गरिरहेको छ ? १० दिनमा ७ करोड ४२ लाख ७३ हजार ८ सय ५९ रुपैयाँ कलेक्सन हुँदा औसतमा यो चलचित्रले ७४ लाख २७ हजार ३८५ रुपैयाँ ग्रसकलेक्सन गरिरहेको देखिन्छ । यो औसत कलेक्सन हो । शनिबार मात्रै यो सिनेमाले एकै दिन एक करोड ८० लाख रुपैयाँ कलेक्सन गरेको थियो ।
डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशनमा बनेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायतका कलाकारहरूको अभिनय रहेको छ ।


