अनमोल र जसितालाई लिएर ‘खसेको तारा’ बनाउँदै रौनक

काठमाडौं । सिनेमा आर्ट नेपालले नयाँ चलचित्र घोषणाको तयारी गरेको छ । रौनक विक्रम कँडेलले नयाँ चलचित्र निर्माणको घोषणा गर्न लागेका हुन् ।

उनले चलचित्र ‘खसेको तारा’ निर्माण गर्न लागेका छन् । यो चलचित्रको मुख्य भूमिकामा अनमोल केसी र जसिता गुरुङ हुनेछन् ।

आगामी मंसिरदेखि छायांकन सुरु गर्ने तयारी रहेको यो चलचित्रको निर्देशन सुयोग गुरुङले गर्नेछन् ।

यसअघि सुयोगले ‘जेरी अन टप’ अनमोल र जसितालाई लिएर बनाएका थिए, जुन अनमोलको सिने करियरकै हिट सिनेमा थियो । सुयोगको पनि सबैभन्दा हिट सिनेमा थियो ।

यी तीनै जनालाई लिएर रौनकले सिनेमा बनाउने तयारी गरेका हुन् । यसलगत्तै यही जोडीले अर्को सिनेमाको तयारी गरिरहेकाले ‘खसेको तारा’ चाँडै नै छायांकनमा जाने तयारीमा छ ।

सिनेमा आर्टले पछिल्लो समय ‘फेरि रेशम फिलिली’ बनाएको थियो । त्यसअघि ‘खिमाग खराब’ निर्माण गरेको थियो ।