‘पार्वती’लाई प्रिमियरमा तारिफ

चितवन । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘पार्वती’को चितवनस्थित म्याङ्गो जनज्योति हलमा ‘पब्लिक प्रिमियर’ सम्पन्न भएको छ ।

मंगलबार भएको प्रिमियरमा चलचित्रका कलाकार नीता ढुंगाना र अशोक दर्जी क्यारेक्टर लुक्समै उपस्थित भएका थिए । पर्दामा देखेको उक्त लुक्सलाई आँखै अगाडि देख्दा नीताप्रति दर्शकले माया बर्साएका थिए ।

चलचित्र हेरेका दर्शकका आँखाभरि आँसु देखिन्थेँ। अधिकांशले आफ्नै घर भित्रको कथा भन्दै सकरात्मक प्रतिक्रिया दिए ।

चलचित्र अटिजम भएकी महिला पात्र र उनका भाइबीचको आत्मीयता, प्रेम तथा सामाजसँगको संघर्षलाई मुख्य विषयवस्तु हो । यस चलचित्रको प्रिमियरमा उपस्थित सर्वसाधारण दर्शकबाट निर्माण टिमले सकरात्मक प्रतिक्रिया पाएको छ ।

दिदीलाई घर तथा समाजले गरेको हेलाका बीच पनि भाइले दिदीप्रति देखाएको माया र समर्पणको कथाले दर्शकको मन छोएको निर्दैशक तथा कथाकार नीताले बताइन् ।

दर्शकको सकारात्मक प्रतिक्रियापछि निर्माणपक्ष उत्साहित देखिएको छ । प्रिमियरपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्देशक तथा अभिनेत्री नीताले आफ्नो निर्देशन र चलचित्रलाई दर्शकले मन पराइदिएकामा खुसी व्यक्त गरिन् ।