‘चमेलीको पोइ’को गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘चमेलीको पोइ’को दोश्रो गीत ‘माया मान्छौ र’ सार्वजनिक गरिएको छ । एभरेष्ट सूर्य बोहरा निर्देशित सिनेमाको बिहीबार रिलिज गरिएको गीतमा आशिष अविरलको संगीत र मेलिना राईसँग युगल गायन छ । एकनारायण भण्डारीको शब्द रहेको छ ।

कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा सुरक्षा पन्त र मुकुन भुसाल फिचर छन् ।

भिडियो मुस्ताङका रमणीय स्थलमा छायांकन गरिएको छ । असोज १६ गतेबाट देशब्यापी प्रदर्शनमा आउने फिल्मको निर्माता रामनारायण उपाध्याय र सुनीता सापकोटा हुन् ।

यसअघि सार्वजनीक शीर्ष गीत ‘ओइ ओइ चमेली’ले दर्शकको मन जितिरहेको बेलामा दोश्रो गीत दर्शकमाझ ल्याइएको हो । पोस्टर सार्वजनीकसँगै चर्चामा रहेको यही फिल्मबाट करिब डेढ दशकको अन्तरालपछि चर्चित हाँस्य अभिनेता नारायण त्रिपाठी (प्रेमचरो) को ठूलो पर्दामा पुनरागमन भएको छ ।

फिल्ममा त्रिपाठीका साथमा मुकुन भुसाल, सुरक्षा पन्त, विल्सन बिक्रम राई, उमेश राई, रबिन्द्र झा, गणेश गौतम, प्रेमदेव गिरी, अंशु महर्जन, बविन राई, खड्गबहादुर पुन, रजनी गुरुङ, मिना आरएल शाही, रितु मल्ल ठकुरी, तारा शर्मा, सुनीता सापकोटा, बिशाल पाण्डे, श्रेया नारायण, धनलक्ष्मी बोहरा, अनुष्का नारायणलगायतको अभिनय छ ।

धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा निर्माण भएको फिल्म शेरबहादुर तामाङले खिचेका हुन् । उदय विक्रम राणा, रितु मल्ल कुँवर, सुमीत्रा थापा र कपिल आचार्य कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा नारायण त्रिपाठी, यमप्रसाद ओली, सुदीप कुँवर र प्रदिपकुमार सापकोटा छन् ।

धनलक्ष्मी श्रेष्ठ बोहरा लाइन प्रोड्युसर रहेको फिल्ममा कुमार महर्जनको द्धन्द्ध र बन्दे प्रसादको सम्पादन छ । केही समयअघि अमेरिकामा आयोजित ‘चमेलीको पोइ’को बिशेष प्रदर्शनीमा दर्शकले फिल्म मन परेको प्रतिक्रिया दिएका थिए ।

निर्देशक बोहराले ‘चमेलीको पोइ’ले दर्शकलाई भरपुर मनोरञ्जन दिनुका साथै जीवनोपयोगी सन्देश पनि प्रस्तुत गरेको बताउछन् । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।