‘छ माया छपक्कै २’को गीत ‘मायामा एक्सपायरी डेट हुँदैन’ सार्वजनिक
काठमाडौं । चलचित्र ‘छ माया छपक्कै २’को दोस्रो गीत सार्वजनिक भएको छ । राजेन्द्र थापाको शब्दरचना रहेको गीतमा दीपक शर्माले संगीत भरेका छन् ।
‘मायामा एक्सपायरी डेट हुँदैन’ बोलको गीतमा सविन सुवेदी र साहिमा श्रेष्ठको आवाज छ ।
गीतमा दोहोरो सम्बन्धमा रहेका पुरुष पात्रसँग रमाइरहेका दुई युवतीको कथा छ । सम्बन्धमा गरिएको छल र धोकामा केन्द्रित गीत र भिडियोले सिनेमाको कथा संकेत गरेको छ ।
गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराई फिचर्ड छन् ।
‘छ माया छपक्कै–२’ असोज ३१ गते रिलिज हुँदै छ । ‘छ माया छपक्कै’लाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् । रोहित अधिकारी यो चलचित्रको निर्माता हुन् ।


