‘छ माया छपक्कै २’को ट्रेलरमा के छ ?

काठमाडौं । चलचित्र ‘छ माया छपक्कै २’को ट्रेलर सार्वजनिक भएको छ । दीपकराज गिरी, केकी अधिकारी र शनिसा भट्टराई मुख्य भूमिकामा रहेको चलचित्रको ट्रेलर आज सार्वजनिक भएको हो ।

ट्रेलरमा विश्वास, प्रेम, सन्तानत सुख, छटपटी, विश्वास, आशा, सम्पत्तिको आडमा बनाइएको सम्बन्ध, छलकपट र धोका देख्न सकिन्छ । दीपकराज गिरीको वरपर घुमेको ट्रेलरमा केकी अधिकारीले प्रशस्त स्पेस पाएकी छन् ।

असोज ३१ गतेबाट प्रदर्शन हुने चलचित्र ‘छ माया छपक्कै २’लाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् । रोहित अधिकारी निर्माता छन् । चलचित्रमा मेक्सम गौँडेल, रमा थपलिया, रवीन्द्र झा, दीपाश्री निरौला, निर्मल शर्मालगायत कलाकारको पनि अभिनय छ ।

दशैँको फूलपातीको दिनबाट यो चलचित्र रिलिज हुँदैछ ।