‘कबड्डी ५’को आक्रामक इनिसियल कलेक्सन
काठमाडौं । दयाहाङ राई स्टारर चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले आक्रामक इनिसियल कलेक्सन गरेको छ ।
‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले तीन दिनमा पाँच करोडको आकडा पार गर्दै लोभलाग्दो कलेक्सनको ग्राफ प्रस्तुत गरेको छ । तीन दिनमा यो सिनेमाले पाँच करोड २४ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माणचपक्षले बताएको छ ।
‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले सुरु दिनदेखि नै ठूलो संख्यामा शो पायो । पाएका अधिकांश शो अग्रिम बुकिङमै भरिएपछि कलेक्सन पनि शोही अनुसार आएको हो ।
‘कबड्डी’का अघिल्ला चारवटै शृंखला बक्सअफिसमा हिट छन् । ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’मा चलचित्रमा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ मुख्य भूमिकामा छन् ।
माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देललगायत कलाकारको पनि अभिनय छ ।
रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको सिनेमामा निर्देशक रामबाबुसँगै मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ लगानी छ ।
सञ्जय लामाको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन छ । सागर राज कार्यकारी निर्माता छन् । सिनेमामा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत छ ।

