यी हुन् २५ वर्षका सबैभन्दा धेरै पैसा कमाउने चलचित्र (कसले कति कमाए सूचीसहित)

काठमाडौं । पछिल्लो २५ वर्षमा पाँच करोडभन्दा माथि ग्रसकलेक्सन गर्ने २५ वटा चलचित्रका निर्मातालाई चलचित्र विकास बोर्डले सम्मान गरेको छ । बोर्डले आफ्नो २५औँ वार्षिक उत्सवको अवसर पारेर आज सम्मान गरेको हो ।
२५ वर्षमा सर्वाधिक कमाइ गर्ने चलचित्रमा ‘पशुपति प्रसाद २ : भष्मे डन’, ‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘कबड्डी कबड्डी कबड्डी’, ‘कबड्डी–४’, ‘महापुरुष’, ‘पुजार सार्की’, ‘प्रेम गीत–३’, ‘पूर्ण बहादुरको सारङ्गी’, ‘१२ गाउँ’, ‘अञ्जिला’, ‘उनको स्वीटर’, ‘छक्का पञ्जा–५’, ‘कोहिनुर’, ‘छक्का पञ्जा–४’, ‘जात्रै जात्रा’, ‘महाजात्रा’, ‘जारी’, ‘शत्रुगते’, ‘बोक्सीको घर’, ‘६ माया छपक्कै’, ‘दिमाग खराब’, ‘परदेशी–२’, ‘छक्का पञ्जा–३’, र छक्का पञ्जा’ले पाँच करोड रुपैयाँ ग्रसकलेक्सन गरेको बोर्डले जनाएको छ ।
फिल्मको सूची
१. पूर्ण बहादुरको सारंगी (४६ करोड ८७ लाख)
२. कबड्डी ४ (२१ करोड ४० लाख)
३. १२ गाउँ (१९ करोड ९२ लाख)
४. छक्का पञ्जा ४ (१७ करोड ५३ लाख)
५. जारी (१७ करोड ४८ लाख)
६. छक्का पञ्जा (१६ करोड १० लाख)
७. महाजात्रा (१५ करोड ६७ लाख)
८. छक्का पञ्जा ५ (१५ करोड २० लाख)
९. कोहिनुर (१४ करोड ७५ लाख)
१०. छक्का पञ्जा २ (१४ करोड ५१ लाख)
११. शत्रु गते (१२ करोड ६५ लाख)
१२. ऊनको स्वीटर (१० करोड ६२ लाख)
१३. कबड्डी २ (१० करोड ३५ लाख)
१४. बोक्सीको घर (१० करोड १० लाख)
१५. छ माया छपक्कै (९ करोड ९२ लाख)
१६. दिमाग खराब (८ करोड ९८ लाख)
१७. अञ्जिला (८ करोड ८३ लाख)
१८. परदेशी २ (७ करोड ९२ लाख)
१९. छक्का पञ्जा ३ (७ करोड ८३ लाख)
२०. प्रेम गीत ३ (७ करोड ६३ लाख)
२१. कबड्डी कबड्डी कबड्डी (७ करोड ५९ लाख)
२२. पुजार सार्की (७ करोड ३८ लाख)
२३. महापुरूष (७ करोड ३५ लाख)
२४. कबड्डी (७ करोड ३४ लाख)
२५. पशुपति प्रसाद २–भष्मे डन (७ करोड ३२ लाख)