‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’को शो बाँडफाँट, कसले कति शो पाए ?

काठमाडौं । दशैंको बिदालाई लक्षित गर्दैै रिलिज हुन लागेका तीन नेपाली चलचित्र ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’को अग्रिम बुकिङ खुला भएको छ ।

अधिकांश मल्टिप्लेक्सले शो बाँडफाँट गर्दै बुकिङ खुला गरेका हुन् । सबैभन्दा धेरै शो ‘बलिदान’ पाएको छ । ‘बलिदान’ले अन्य चलचित्रलाई निकै पछि पारेको छ, शोमा ।

खल्तीबाट हेर्दा ‘बलिदान’ले १५७ शो पाएको छ । ‘माइतीघर’ले ९६ र ‘हरिबहादुरको जुत्ता’ले ९१ शो पाएको छ ।

क्यूएफएक्सले ‘बलिदान’लाई काठमाडौं उपत्यकामा ४१, ‘हरिबहादुरको जुत्ता’लाई २७ र ‘माइतीघर’लाई २८ शो दिएको छ ।

क्यूएफएक्सले ‘बलिदान’लाई काठमाडौं उपत्यका बाहिर ५०, ‘हरिबहादुरको जुत्ता’लाई २० र ‘माइतीघर’लाई २० शो दिएको छ ।

आईएनआईमा ‘बलिदान’ले २१, ‘हरिबहादुरको जुत्ता’ले १७ र ‘माइतीघर’ले १८ शो पाएको छ ।

वान सिनेमामा ‘बलिदान’ले १०, ‘माइतीघर’ले ९ र ‘हरिबहादुरको जुत्ता’ले ७ शो पाएको छ ।

यही अनुपातमा अन्य मल्टिप्लेक्स र सिंगल थिएटरले यी चलचित्रलाई शो दिएका छन् ।

‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, सन्तोष सेन, प्रेम पुरी, कामेश्वर चौरासिया, प्रज्वल दुलाल, जीवन बराल, रितेशजङ्ग पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । सन्तोष सेनले निर्देशन गरेका छन् ।

‘हरिबाहदुरको जुत्ता’लाई दीपेन्द्र के खनालले निर्देशन गरेका छन् । हरिवंश आचार्य, स्वस्तिमा खड्का र प्रकाश सपूत मुख्य भूमिकामा छन् ।

‘माइतीघर’लाई मिलन तामाङले निर्देशन गरेका छन् । यो चलचित्रमा धिरज मगर, प्रकाश सपूत, उपासना सिंह ठकुरी, केदार घिमिरेलगायत कलाकारको अभिनय छ ।