अग्रज र नयाँ कलाकारसहिको ‘झरिपछिको इन्द्रेणी’, के भन्छन् डेब्यु कलाकार ?

काठमाडौं । अर्जुन घिमिरे (पाँडे) निर्देशित ‘झरिपछिको इन्द्रेणी’मा नयाँ र पुरान पुस्ताका कलाकारहरू छन् । को मिठो सहकार्यमा बनेको सिनेमा हो । यो चलचित्रमा अघिल्लो पुस्ताका कलाकारदेखि नयाँ पुस्ताका कलाकारसम्म छन् । डेब्यु कलाकार पनि छन् । त्यसैले यो सिनेमालाई अहिले कौतुहलताको नजरले हेरिएको छ ।

कुनै समय सानो र ठूलो पर्दाका लोकप्रिय कलाकारदेखि नयाँ अनुहारसम्म यो सिनेमामा देखिनेछ । गणेश उप्रेती दुई दशकअगाडि सानो र ठूलो पर्दामा एक क्षत्र राज गरेका कलाकार हुन् ।

रमेश उप्रेती पनि त्यतिकै लोकप्रिय कलाकार हुन् । यी दुई अनुभवी कलाकारको अभिनय यो सिनेमामा रहनेछ । ‘झरिपछिको इन्द्रेणी’ अर्जुन घिमिरेले निर्देशन गरेका छन् । उनको यो पहिलो फिचर सिनेमा निर्देशन हो । यसअघि उनी सानो पर्दामा थिए । ‘सक्किगोनी’जस्तो लोकप्रिय सिरियलका निर्देशक र कलाकार भएकाले उनको काम पनि यसमा देख्न पाइनेछ । कमेडीमा राज गरेका उनको कमेडीको अनुभवले पनि ‘झरिपछिको इन्द्रेणी’ हेर्न लायक सिनेमा हुने विश्वास छ ।

दीपाश्री निरौला उनी आफैमा कुशल निर्देशक र कलाकार हुन्, उनलाई पनि दर्शकले यो सिनेमामा देख्न पाउनेछन् । विमोचन दवाडी र जेसिका पोखरेल जसले यो सिनेमाबाट डेब्यू गर्दैछन् । उनीहरूको डेब्यु हुँदा दर्शकले फ्रेस अनुहार हेर्न पाउनेछन् । नयाँ कलाकारको नयाँ अभिनय हेर्न पाउनेछन् । त्यसैले यो सिनेमा नयाँ, पुराना, डेब्युलगायतको कमप्याक्ट टिमको सिनेमा हुनेछ ।

यसअघि केही सिनेमामा विशेष भूमिकामा देखिएकी प्रियना आचार्य ‘मुन्नी’ यो सिनेमामा काम गरेकी छन् ।

‘झरिपछिको इन्द्रेणीले अहिलेको वर्तमान राजनितिक अस्थिरता, त्यसमा जनता अनि देशमा परेको असर कथा बुनेको छ । त्यसमा पनि जेनजी युवापुस्ता के चाहन्छन् । युवाहरुको आक्रोस, देशमा सिस्टम नभएपछि त्यसले कति असर पारेको छ यो सिनेमामा कथा रहेको अनुमान गर्न सकिन्छ ।

यो सिनेमाबाट डेव्यु गरेका अभिनेता विमोचन दवाडी ‘झरीपछिको इन्द्रेणी’ले आफुलाई नेपाली रजतपटमा स्थापित गर्नेमा विश्वस्त छन् ।

“आफूले झरीपछिको इन्देणीमा गरेको मेहनत पर्दामा देखिन्छ । यो सिनेमा निर्माणमा जति मेहनत लागेको छ, त्यो मेहनत पर्दामा हेर्दा दर्शकको मन छुन्छ जस्तो लाग्छ । जसले दर्शकको माउथ पब्लीसिटीले विस्तारै दर्शक बढ्दै जाने अपेक्षा छ । हाम्रो कुनैपनि मेहनतले फल पनि पाउँछ भन्ने लागेको छ,” उनले भने ।

यही सिनेमाबाट अभिनेत्री जेसिका पोखरेलले डेव्यु गर्दैछिन् । रिलिजका हिसाबले झरिपछिको इन्द्रेणी पहिलो भए पनि कामका हिसाले दोस्रो हो । उनले काम गरेको पहिलो सिनेमाको छायांकन अझै सकिएको छैन । त्यसैले पनि झरीपछिको इन्द्रेणीबाट डेव्यु गर्न पाउँदा उत्साहित रहेको बताउँछिन् ।

“यो सिनेमाले मेरो करियरलाई सर्पोट गर्छ । सिनेमाले हाम्रे देशमा अहिले जे भयो । त्यो हुनुभन्दा अगाडी नै स्कृप्ट लेखनसहित छायांकन समेत सकिएको थियो । उहाँहरुले पहिले नै फ्युचर थाहा थियो जस्तो लाग्छ । यस्तो पनि हुनेछ है खालको कन्टेक्स्ट नै लिएर बनाउँनु भएको थियो, त्यसैले पनि यो सिनेमाले दर्शकको मन जित्ने देखिन्छ,” उनले भनिन् ।

नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको सिनेमाबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् । यो सिनेमा छायांकनका लागि उप्रेती अमेरिकाबाट नेपालम फर्किएका थिए ।

सिनेमामा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ ।

आगामी पुस ४ गते देशब्यापी रिलिज हुने यो सिनेमाबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन् । बाल कलाकारमा दिप्सन चिलवालले पनि अभिनय गरेको निर्माण कम्पनीले जनाएको छ । सिनेमाको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् ।

निर्देशक घिमिरे स्वयंको कथा रहेको सिनेमाको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन् । सिनेमाका छायांकार बुद्ध थापा हुन् ।

अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्कीको सह(निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल छन् ।