‘पेन्सन पट्टा’को छायांकन सुरु, के हो सिनेमाको कथा ?
काठमाडौं । चलचित्र ‘पेन्सन पट्टा’को शुभमुहूर्तसहित छायांकन सुरु गरिएको छ । कास्की ताङतिङ गाउँबाट छायांकन सुरु गरिएको सिनेमा ३५ दिनसम्म त्यहाँका सुन्दर लोकेशनमा खिचिने छ ।
कलाकार माओत्से गुरुङको निर्देशन रहने चलचित्रमा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राईलगायत कालाकारको अभिनय रहनेछ ।
यो सिनेमाको शिर्षकबाट भूतपूर्व लाहुरेको कथा जस्तो लागे पनि लोभी केटा कसरी दानी बन्छ भन्ने देखाउने निर्देशक तथा गुरुङ बताँछन् ।
माओत्से गुरुङ फिल्मसको ब्यानरमा निर्माण हुने सिनेमाको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् । मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (यूके) र सपना गुरुङको लगानी रहने सिनेमाका प्रोडक्सन म्यानेजरमा डिबी गुरुङ छन् ।
सुशन प्रजापतिले खिच्ने सिनेमाको कास्टिङ डिरेक्टर सुरज तमु हुन् । यो सिनेमाको संगीत झुमा लिम्बू, मनोज थापा मगर र शिव बराइलीले तयार पार्नेछन् ।



