‘पेन्सन पट्टा’को छायांकन ३३ दिनमा प्याकअप
काठमाडौं । अभिनेता माओत्से गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘पेन्सन पट्टा’को छायांकन सकिएको छ ।
मंगलबार कास्कीस्थित एक रिसोर्टमा ३३ दिनमा सिनेमाको इन्डक्लयाप गरिएको हो ।
हालसम्म सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको छैन् । “अबको केही दिनमा पोष्ट प्रोडक्सनको काम सुरु हुनेछ । त्यसमा कति समय लाग्छ । सोही अनुसार हामी सिनेमाको रिलिज मिति घोषणा गनेछौं,” निर्देशक गुरुङले भने, “हामी दर्शकलाई एक सुन्दर सिनेमा देखाउन चाहान्छौँ । सोही अनुरुप कुनै पनि कम्प्रमाइज नगरी काम गर्दा कति समय लाग्छ हेरौँ ।”
गुरुङ सिनेमाका ‘गडफादर’का रुपमा परिचित माओत्से गुरुङको पनि लगानी रहने सिनेमामा दयाहाङ राई, सुनील थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राईलगायत कालाकारको अभिनय रहेको छ ।
यो सिनेमाको शिर्षकबाट भूतपूर्व लाहुरेको कथा जस्तो लागेपनि लोभी केटा कसरी दानी बन्छ भन्ने देखाउने निर्देशक तथा निर्माता गुरुङ बताँछन् । माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् ।
मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (यूके) र सपना गुरुङको लगानी रहने सिनेमाका प्रोडक्सन म्यानेजरमा डिबी गुरुङ हुन् । सुशन प्रजापतिले खिच्ने सिनेमाको कास्टिङ डिरेक्टर सुरज तमु र संगीत झुमा लिम्बू, मनोज थापा मगर र शिव बराइलीले तयार पारिरहेका छन् ।
यो सिनेमालाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले देशव्यापी वितरण गर्नेछ ।



