पहिलोपटक खलपात्रमा देखिएकी श्रृष्टिको तारिफ
काठमाडौं । पहिलोपटक नेगेटिभ भूमिकामा देखिएकी नायिका श्रृष्टि श्रेष्ठको अभिनयको दर्शकले तारिफ गरेका छन् । शुक्रबारबाट रिलिज भएको चलचित्र ‘द ब्ल्यू लाइट’मा श्रृष्टि एन्टागोनिष्ट क्यारेक्टरमा देखिएकी छन् । उनको यही भूमिका दर्शकले मन पराएका छन् ।
श्रृष्टि अहिलेसम्म सुन्दरी र रोमान्टिक भूमिकामा देखिँदै आएकी थिइन् । उनले यसअघि थ्रिलर फिल्म ‘११ः५५’ मा काम गरेकी थिइन्, तर ‘द ब्ल्यू लाइट’को आफ्नो भूमिकालाई आफूले अहिलेसम्मकै फरक भूमिका निर्वाह गरेको बताएकी थिइन् ।
उनको यही भूमिकालाई दर्शकले तारिफ गरेका छन् । पहिलो फ्रेमबाट अन्तिमसम्म श्रृष्टिको अभिनयको दर्शकले तारिफ गरिरहेका छन् । चलचित्र हेर्न हलमा पुगेका दर्शकले उनको अभिनयको प्रंशशा गरिरहेका छन् ।
आफू थ्रिलर जनराका फिल्ममा रुचाइएको तर ‘द ब्ल्यू लाइट’मा दर्शकले झनै धेरै रुचाएको श्रृष्टिले बताएकी छन् ।
कलाकार भएपछि सधैँ सकारात्मक देखिनुभन्दा पनि यस्ता जटिल र नकारात्मक चरित्र निर्वाह गर्दा धेरै कुरा सिक्न पाइने उनको अनुभव छ ।
निर्देशकको सोच र कथाले आफूलाई स्क्रिप्ट सुन्दै मन परेको र त्यसलाई पर्दामा दर्शकले पनि रुचाएको उनी सुनाउँछिन् । करिअरकै अहिलेसम्मकै फरक भूमिकामा देखिँदा त्यसलाई दर्शकले सहजै स्वीकार गरेको र काम देखाउने मौका पनि पाएको उनले बताइन् ।
चलचित्र ‘द ब्ल्यू लाइट’मा श्रृष्टिसँगै बेनिशा हमाल, अर्पण थापा, आयुशमान देशराज जोशी, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् । बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।
चलचित्र ‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गरेका छन् ।
स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् ।
नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रमा आकाश उखेडा मख्य सहायक निर्देशक छन् । रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक छन् ।




