लोकलयमा ‘परालको आगो’को गीत ‘निम्तो सुपारी’ सार्वजनिक

काठमाडौं । ‘परालको आगो’को गीत ‘निम्तो सुपारी’ सार्वजनिक भएको छ । सत्यराज आचार्य र मेलिना राईले गाएको यस गीतमा संगीत सत्य र स्वरुप आचार्यले दिएका छन् । सुरेन्द्र रानाको शब्द रचना रहेको यस गीतलाई म्युजिक प्रोडक्सनको काम रिकेश गुरुङको छ ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुहाना थापा, प्रकाश सपूतको जोडी देखिएका छन् । अर्को जोडी सौगात मल्ल र सिर्जना अधिकारी देखिएका छन् ।

ग्रामीण परिवेशको यस गीतको भिडियोलाई कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।

गुरु प्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित चलचित्र वैशाख ११ गतेबाट हलमा लाग्नेछ । चलचित्रमा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँ लगायतले अभिनय गरेका छन् ।

लक्ष्मण सुनारले निर्देशन गरेको यस फिल्ममा संकल्प भुजेलको छायांकन रहेको छ ।

हरि ॐ सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्ममा सुशील पोखरेलको लगानी रहेको छ । चलचित्रको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका छन् ।

फिल्मको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् भने रंग संयोजन कनाल कुँवरको छ। भिएफएक्स समिर मिया र सत्यम रानाले गरेका छन् । टिजर तथा ट्रेलर सम्पादनको काम साहिल खानको छ ।