‘परालको आगो’मा सम्पूर्ण कलाकारको पहिलोपटक स्क्रिन सेयर

काठमाडौं । वैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परालको आगो’को यतिबेला चर्चामा छ । यस चलचित्रको गीत तथा ट्रेलर मेकिङको हिसावले यो फिल्म चर्चामा आएको हो ।

यस फिल्ममा अभिनेत्री सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुतको अभिनय देखिन्छ ।

अघिल्ला फिल्मको तुलनामा सुहानाको फरक अभिनय छ । त्यसैले यो सिनेमालाई लिएर निर्माण पक्ष उत्साहित छ । निर्माता सुशील पोखरेलले आफूले निर्माण गरेको यो फिल्मले दर्शकमाझ एक सिकिमको छाप छोड्न सक्ने बताउँछन् ।

“मैले धेरै फिल्म निर्माण गरेको छु । उनीहरुको तुलनामा हेर्ने हो भने यो फिल्म हेरेपछि दर्शकमाझ छाप बस्छ भन्नेमा म ढुक्क छु,” उनले भने ।

निर्देशक लक्ष्मण सुनारको पनि उस्तै छन् । यो चलचित्रमा काम गरेका सम्पूर्ण कलाकारहरूले पहिलोपटक स्क्रिन सेयर गरेका छन् । त्यस कारण पनि पर्दामा देखिने उनीहरूको केमेस्ट्री एकदमै फ्रेश, प्राकृतिक र मन छुने खालको हुने निर्देशक सुनारको छ ।