नायकमा विपीनलाई लिएर सिनेमा निर्देशन गर्दै विजयकुमार

काठमाडौं । पत्रकारिता र साहित्य लेखनको सफलतापछि विजयकुमार पाण्डेले चलचित्र निर्देशन गर्ने भएका छन् । अहिले उनले चलचित्रको स्क्रिप्ट लेखिरहेका छन् ।

विजयकुमार पाण्डेले निर्देशन गर्ने चलचित्रको मुख्य भूमिकामा अभिनेता विपिन कार्की हुनेछन् । सेप्टेम्बरको दोस्रो सातासम्म उनले स्क्रिप्टको पहिलो ड्राफ्ट तयार पार्नेछन् ।

त्यसपछि कहिले सिनेमा छायांकनमा जाने र अरु कलाकार कोको हुने तय हुने विपिनले बताएका छन् ।

चलचित्रको नाम पनि अहिले तय भइसकेको छैन । लाइट वेन्डर्स प्रालीले यो सिनेमा निर्माण गर्नेछ । यो कम्पनी विपीन र उनका साथीहरूको हो ।