‘लज्जावती’का निर्देशकलाई प्रश्न– यति धेरै पोस्टर किन ?
काठमाडौं । साउन २९ गतेदेखि प्रदर्शन हुने सिनेमा ‘लज्जावती’ले विभिन्न क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । निर्माण टिमले शुक्रबार एकैसाथ सिनेमाको पाँच पोस्टर सावजनिक गरेको हो ।
एकैपटक यति धेरै पोस्टर किन भन्ने प्रश्नमा निर्देशक राजबहादुर सानेले भने, “पोस्टर डिजाइन गर्दै जाँदा हामीलाई सबै पाँचवटै पोस्टर मन पर्यो । त्यसैले सबै बजारमा ल्यायौँ । मिडिया र कलाकारलाई जुनजुन मनपर्छ, त्यही सेयर गर्नुहुन्छ भन्ने लाग्यो ।”
आहा फिल्म्स प्रालिको प्रस्तुतिमा बनेको सिनेमाका लेखक तथा निर्देशक राजबहादुर साने हुन् ।
सिनेमामा मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, धिरेन शाक्य, हिउँवाला गौतम, दीपक थापा, विनोद श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ ।
सौरभ वली प्रस्तुतकर्ता रहेको सिनेमाका निर्माता कमलप्रसाद शर्मा र सन्दीपकुमार रोकाया हुन् । दिनेश बुढाथोकी कार्यकारी निर्माता रहेका छन् ।
दिव्यराज सुवेदीले छायांकन गरेको सिनेमा कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दै छ। तारा थापा ‘किम्भे’को सम्पादन रहेको सिनेमामा देव महर्जनको द्वन्द्व निर्देशन छ ।

