नेपाली चलचित्र: ६० वर्षे इतिहासमा ‘पूर्णबहादुरको सारंगी’को कीर्तिमान, यी हुन् २६ वर्षका सर्वाधिक कमाउने ३१ सिनेमा

काठमाडौं । नेपाली चलचित्र उद्योगले आफ्नो ६० वर्षे यात्रामा एउटा यस्तो विन्दुमा आइपुगेको छ, जहाँ एउटै चलचित्रले ४६ करोडभन्दा बढीको व्यापार गर्न सफल भएको छ ।

बोर्डले आफ्नो स्थापनाको २६औँ वार्षिकोत्सवको अवसर पारेर नेपाली सिनेमामा सर्वाधिक कमाइ गर्ने ३१ चलचित्रहरूको सूची सार्वजनिक गरेको हो ।

बोर्डको विवरण अनुसार विगत २६ वर्षको अवधिमा ७ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गर्न सफल ३१ वटा ‘ब्लकबस्टर’ चलचित्रहरूले नेपाली बजारको नयाँ आयामलाई झल्काएका छन् ।

सार्वजनिक सूचीको पहिलो नम्बरमा वि.सं. २०८१ सालमा प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारंगी’ रहेको छ । यस चलचित्रले ४६ करोड ८७ लाख रुपैयाँभन्दा बढीको ऐतिहासिक कमाइ गर्दै नेपाली सिनेमाको व्यापारमा नयाँ बेन्चमार्क कायम गरेको छ । यो कमाइ दोस्रो स्थानमा रहेको ‘कबड्डी ४’ (२१ करोड ४० लाख) को तुलनामा दोब्बरभन्दा बढी हो ।

तेस्रो स्थानमा २०८१ कै अर्को हिट चलचित्र ‘१२ गाउँ’ रहेको छ, जसले १९ करोड ९२ लाख रुपैयाँ संकलन गरेको छ । यस्तै, ‘परान’ १७ करोड ७६ लाख र ‘छक्का पञ्जा ४’ १७ करोड ५३ लाख रुपैयाँसहित क्रमशः चौथो र पाँचौँ स्थानमा रहेका छन् ।

व्यावसायिक सफलताको सूचीमा हेर्दा नेपाली दर्शकहरूले चर्चित ‘फ्रेन्चाइज’ सिनेमाहरूलाई अत्यधिक रुचाएको देखिन्छ । ‘छक्का पञ्जा’ सिरिजका पाँचवटै चलचित्रहरू र ‘कबड्डी’ सिरिजका चारवटै चलचित्रहरू उच्च कमाइ गर्ने सूचीमा छन् ।

सूचीमा रहेका अधिकांश चलचित्रहरू वि.सं. २०७० यताका भए तापनि २०५८ सालमा प्रदर्शनमा आएको चलचित्र ‘आगो’ले आफ्नो ऐतिहासिक विरासत कायम राखेको छ । ७ करोड २० लाख रुपैयाँ कमाएको यो चलचित्र दुई दशक अगाडिको टिकट दर र सीमित हल संख्याका हिसाबले निकै ठूलो उपलब्धि मानिन्छ ।

चलचित्र विकास बोर्डका अनुसार यस प्रकारको अभिलेखीकरणले नेपाली चलचित्र उद्योगको वास्तविक बजार क्षमता कति छ भन्ने स्पष्ट पार्छ । यसले निर्माताहरूलाई लगानीको योजना बनाउन, वितरकलाई बजार विस्तार गर्न र समग्र सिने क्षेत्रलाई व्यावसायिक रूपमा थप पारदर्शी र मर्यादित बनाउन सहयोग पुग्ने विश्वास बोर्डले लिएको छ ।

सर्वाधिक कमाइ गर्ने ३१ नेपाली चलचित्रको पूर्ण विवरण:

क्र.सं.चलचित्रको नामकमाइ (रुपैयाँमा)
पूर्णबहादुरको सारंगी४६ करोड ८७ लाख
कबड्डी ४२१ करोड ४० लाख
१२ गाउँ१९ करोड ९२ लाख
परान१७ करोड ७६ लाख
छक्का पञ्जा ४१७ करोड ५३ लाख
जारी१७ करोड ४८ लाख
छक्का पञ्जा ११६ करोड १० लाख
महाजात्रा१५ करोड ६७ लाख
छक्का पञ्जा ५१५ करोड २० लाख
१०कोहिनूर१४ करोड ७५ लाख
११छक्का पञ्जा २१४ करोड ५१ लाख
१२आबाट आमा१३ करोड २० लाख
१३शत्रु गते१२ करोड ६५ लाख
१४जेरी अन टप१२ करोड २८ लाख
१५ऊनको स्वीटर१० करोड ६२ लाख
१६कबड्डी कबड्डी१० करोड ३५ लाख
१७बोक्सीको घर१० करोड १० लाख
१८छ माया छपक्कै९ करोड ९२ लाख
१९लालीबजार९ करोड ३१ लाख
२०लुट २९ करोड २१ लाख
२१दिमाग खराब८ करोड ९८ लाख
२२अञ्जिला८ करोड ८३ लाख
२३परदेशी २७ करोड ९२ लाख
२४छक्का पञ्जा ३७ करोड ८३ लाख
२५प्रेम गीत ३७ करोड ६३ लाख
२६कबड्डी कबड्डी कबड्डी७ करोड ५९ लाख
२७पुजार सार्की७ करोड ३८ लाख
२८महापुरूष७ करोड ३५ लाख
२९कबड्डी७ करोड ३४ लाख
३०पशुपति प्रसाद २ः भस्मेडन७ करोड ३२ लाख
३१आगो७ करोड २० लाख