‘पेन्सन पट्टा’को टिजरमा के छ ?

काठमाडौं । माओत्से गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘पेन्सन पट्टा’को टिजर सार्वजनिक भएको छ । टिजरमा नाम नमिल्दा पेन्सन नपाएको घटनाबाट सिर्जित समस्या देखाइएको छ ।

बुवाले जानाजान सेखपछिको पेन्सनको दाबेदारमा आफ्नी श्रीमतीको नाम किन नराखेर अरुकै नाम राखे भन्ने प्रश्नको खोजीमा टिजर घुमेको छ । किन श्रीमतीको नाम नराखेर अरुकै राखे सिनेमाका सबै पात्र त्यही पत्ता लगाउन लागि परेको टिजरमा देखाइएको छ ।

मरेर गएपछि पनि बुवाले दुःख दिन नछोडेको छोराले अनुभूत गरिरहेको टिजरमा प्रस्तुत छ ।

‘पेन्सन पट्टा’ भदौ २६ गते देखि देशभरका हलमा प्रदर्शन हुँदैछ । चलचित्रमा कथा पनि निर्देशक स्वयंले लेखेका छन् ।

यो चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, पुष्कर गुरुङ, पाशुपति राई लगायतका कलाकारको मुख्य भूमिका छ । सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई, माया गुरुङ, विश्वास गुरुङ र लुनिभा तुलाधरको समेत अभिनय यसमा देख्न सकिनेछ ।