सेकेन्ड लिडमा रहेका कलाकारका सिनेमा नै सर्वकालीन रेकर्ड होल्डर

काठमाडौं । नेपाली चलचित्र उद्योगमा रेकर्डे होल्डर अभिनेतामा सिनेमामा दोस्रो तहमा बसेर काम गरिरहेका कलाकार छन् । विजय बराल, जो सधैँ दोस्रो लिड रोलमा काम गर्दै आएका कलाकार थिए ।

तर, जब उनले मुख्य भूमिकामा अवसर पाए, त्यसलाई सदुपयोग गर्दै उनले अभिनय कौसल देखाए । ‘पूर्ण बहादुरको सारङ्गी’ नेपाली सिनेमा इतिहासकै सबैभन्दा धेरै कमाउने चलचित्र बन्यो । घरेलु बक्स अफिसमा ४६ करोड ८० लाख रुपैयाँ कमायो ।

अरुण क्षेत्री पनि करिब करिब दोस्रो लिड रोलबाट आएका हुन् । ‘ज्याकी आई एमक २१’ मा दोस्रो लिडमा काम गरे । ‘महापुरुष’मा हरिवंश आचार्य हिरो थिए । अरुण सेकेन्ड लिड रोलमा थिए । त्यसपछि केही ब्यानरमा उनले काम गरे पनि ती सिनेमा उनका लागि फलिफाप हुन सकेनन् ।

‘गौँथली’मा जब उनले काम देखाउने अवसर पाए । उनको सिनेमा ब्ल्क बस्टर भयो । ‘गौँथली’ नेपाली सिनेमा उद्योगमा दोस्रो धेरै कमाउने चलचित्र बन्यो ।

‘कबड्डी ४’को नाममा रहेको रकेर्ड पनि भत्काउँदै अरुणको ‘गौँथली’ सर्वकालीन बक्सअफिसमा सबैभन्दा धेरै कमाउने दोस्रो सिनेमा बनेको छ । ग्रसकलेक्सन २४ करोड कटाइसकेको छ । यो अहिले पनि हलमा रहेकाले यसको कलेक्सन अझै धेरै हुने निश्चित छ ।

यी दुई सिनेमा र अभिनेताले पेलिएर दोस्रो तहमा खुम्च्याइएका कलाकारले अवसर पाउँदा सर्वकालीन हिट सिनेमा दिएका देखिएको छ ।

यसले के पनि प्रमाणित गरेको छ भने सिनेमाको कास्टिङ अनुहार हेरेर होइन कथा र कलाकारको क्षमता हेरेर गरिनुपर्छ । त्यसले नै सिनेमालाई न्याय गर्छ र दर्शकले मन पराउँछन् ।