रसुवा–भोटकोशी बाढीमा कलाकारको सह्राहनीय कार्य


देश अहिले रसुवा–भोटकोशी बाढीले तहसनहस भएको छ । साढे ५ सय जनाको बाढीमा परी मृत्यु भइसकेको पुष्टि भइसकेको छ । हजारभन्दा धेरै बेपत्ता छन् । यस्तो अवस्थामा सबै एक जुट हुनुपर्ने अवस्था छ ।

सरकारले सकेको सहयोग गर्न आगरिकसँग अपिल गरेको छ । नागरिकले पनि सकेको सहयोग गरिरहेका छन् । यसैसन्दर्भमा कलाकारले पनि सहयोग गरिरहेका छन् । कलाकारहरूले सकेको आर्थिक सहयोग गरिरहेका छन् । धेरै कलाकारले आर्थिक सहयोग गरिरहेका छन् ।

पारस बमले ५ पाच लाख, दीपकराज गिरी र दीपाश्री निरौलाले तीन लाख, मह जोडीले दुई लाख, विराज भट्टले डेढ लाख सहयोग गरेका छन् । दुर्गेश थापाले जिन्सी सहयोग गरिरहेका छन् । यी केही प्रतिनिधि नाम मात्रै हुन्, यसरी सहयोग गर्ने कलाकारको संख्या ठूलो छ ।

यो पटक कलाकारले देशलाई परेको बेला सहयोग गरेका छन् । खुला मनले कलाकारले सहयोग गरेका छन् । यो वास्तवमै राम्रो काम हो ।

कलाकारमाथि आफ्नो आमदानीको कर छलेको टिप्पणी हुन्छ । यो राज्यको सरोकारवाला निकायको विषय हो । आम्दानी कति हो, तिर्नु पर्ने कर कति हो, तिरेको छ कि छैन, त्यो बेग्लै विषय हो ।

तर, देश संकटमा परेको बेला सकारले सहयोग गरेको देखियो । सहयोगका लागि अपिल गरेको पनि पाइयो । यसको अर्थ जिम्मेवार बनेको देखियो । कलाकार रंगरौसमा मात्रै सीमित छैनन्, आफ्नो कर्तव्य र जिम्मेवारीबाट पनि विमुख हुँदैनन् भन्ने प्रमाण हो यो ।

जसरी कलाकारले राज्य संकटमा परेको सहयोग गरे, अब त्यसैगरी उनीहरूका कुरा पनि आवश्यकता अनुसार सम्बोध गर्दै जानुपर्छ । एकले अर्कालाई सहयोग गरे मात्रै जिम्मेवारी र कर्तव्यबोध हुँदै जान्छ र अपनत्व महसुस हुन्छ । जहाँ अपनत्व महसुस हुन्छ, त्यो क्षेत्र दिगो, भरपर्दो र बलियो हुन्छ ।