सर्यो चलचित्र ‘अक्षरा’, अब मंसिर २४ मा
काठमाडौं । चलचित्र ‘अक्षरा’को प्रदर्शन मिति परिवर्तन भएको छ । यसअघि आगामी भदौ २६ गते प्रदर्शन गर्ने घोषणा गरिएको चलचित्र मंसिर २४ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुने भएको हो ।
फिल्मका निर्माताद्धय उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले जारी गरेको विज्ञप्तीमा रसुवामा आएको बाढी पहिरो र हालको परिस्थितिलाई मध्यनजर गर्दै प्रदर्शन मिति परिवर्तन गरिएको उल्लेख गरिएको छ ।
निर्माण पक्षले नयाँ प्रदर्शन मितिमा पनि दर्शकको माया, साथ र सहयोग निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।
चलचित्रमा न्यान्सी खड्का, सुशील सिटौला, सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने, सृष्टि खड्काले अभिनय गरेका छन् ।
उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने छन् ।
चलचित्रको कथा निर्माता उग्रसेन आफैले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन् ।





