सन्तानलाई ‘बाः एक योद्धा’ देखाउन किन अभिभावकलाई दिइँदैछ सुझाव ?

काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’ले उत्कृष्ट प्रतिक्रिया पाएको छ । शुक्रबारबाट रिलिज भएको चलचित्रले उत्कृष्ट प्रतिक्रिया पाएको हो ।

चलचित्र हेर्नेहरूले अभिभाकहरूले आफ्ना सन्तानलाई सिनेमा देखाउनु पर्ने बताएका छन् । आफ्नो अधिकार खोज्ने तर तर दायित्व बिर्सिने सन्तानका लागि ‘बाः एक योद्धा’ नैतिक शिक्षा भएको दर्शकको प्रतिक्रिया छ ।

अभिभावकले समय निकालेर आफ्ना सन्तालाई ‘बाः एक योद्धा’ देखाए त्यसको प्रभाव आफ्नै जिन्दगीमा पर्ने दर्शकले बताएका छन् । बुबाआमादेखि टाढा बसेका सन्तानलाई पनि ‘बाः एक योद्धा’ हेर्न दर्शकको आग्रह छ ।

‘बाः एक योद्धा’को मुख्य कथा नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीमा केन्द्रित छ । सन्तानको इच्छा पूरा गर्न बुवाआमाले गर्ने संघर्षसँगै वृद्ध अवस्थामा उनीहरूले पाउने दुःखलाई चलचित्रले कथामा समेटेको छ ।

‘बाः एक योद्धा’ नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरूको कथा हो ।

यो चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।

चलचित्र ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको चलचित्रका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह–निर्माता कृष्ण काफ्ले रहेका छन् ।