एकै दिन रिलिज भएको ‘जदौ’ भन्दा ‘बाः एक योद्धा’ले १ करोड ७९ लाख बढी कमायो
काठमाडौं । घरेलु बक्सअफिसमा गत शुक्रबार रिलिज भएका चलचित्रको बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ । सँगै रिलिज भएका तीनवटा सिनेमाको कमाईमा ठूलो अन्तर देखिएको छ ।
सबैभन्दा धेरै कमाउने ‘बा: एक योद्धा’ र कम कमाउने ‘जदौ’को बक्सअफिस कलेक्नमा ठूलो अन्तर रहेको छ । सार्वजनिक रिपोर्टअनुसार ‘बा: एक योद्धा’ले १० दिनमा एक करोड ९३ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
‘जदौ’ले १३ लाख ९८ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ । ‘जदौ’ले भन्दा ‘बाः एक योद्धा’ले १ करोड ७९ लाख ७ हजार रुपैयाँ बढी कमाएको छ ।
‘बा: एक योद्धा’ हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र हो । सन्तानका लागि बाबुआमाले गर्ने संघर्ष र त्याग नै यो चलचित्रको मुख्य कथा हो ।
‘बा: एक योद्धा’मा दिव्यदेव पन्त, सुहाना थापा, झरना थापा, अनिल बुढाथोकीलगायत कलाकार मुख्य भूमिकामा छन् ।
अञ्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशन रहेको ‘जदौ’मा मुकुन भुसाल, नीति शाह, प्रभात पाल ठकुरी, ऋचा शर्मालगायत कलाकारको अभिनय छ ।





